खैरो हिरोईनसहित २ जना पक्राउ

दाङ । दाङकाे घोराहीबाट खैरो हिरोईनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।उनीहरुलाई प्रहरीले शुक्रबार राति पौने ९ बजेको समयमा घोराहीमा रहेको सुप्रिम होटेल एण्ड फास्ट फुड नास्ता पसलमा कारोबार गरिरहेकाे अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुकुमको पुथा–उत्तरगंगा गाउँपालिका–७ का २० वर्षीय विशाल बुढामगर र घोराही उपमहानगरपालिका–१६ का ३० वर्षीय रमेश पुनमगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ परेका दुवै जनाको साथबाट प्रहरीले ६ वटा प्लाष्टिकको टुक्रामा राखेको २ ग्राम ३० मिलीग्राम खैरो हिरोईन बरामद गरेको छ ।

Back to top button