आज प्रदेश-१, मधेस, वाग्मती र गण्डकीमा पानी पर्ने सम्भावना

काठमाण्डाै – अहिले प्रदेश-१, मधेस प्रदेश र वाग्मती प्रदेशको एक/दुई ठाउँमा पानी परिरहेको छ ।प्रदेश-१ को पहाडी भू–भाग र वाग्मती प्रदेशको पूर्वी भू–भागमा हल्कादेखि मध्यमखालको वर्षा भइरहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य प्रदेशमा भने मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो पनि प्रदेश-१, मधेस, वाग्मती र गण्डकी प्रदेशको केही ठाउँमा मेघगर्जन/चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । केही दिनको मौसम यस्तै रहने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

अहिले नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ । साभार उज्यालो अनलाईन

Back to top button