काठमाण्डौ महानगरका मेयर बालेन साहले गरे प्रचण्डसँग भेट

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नुभएको छ ।

प्रचण्डलाई भेट्न मेयर साह बिहान प्रचण्ड निवास ललितपुरको खुमलटार पुग्नुभएको थियो । भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मेयर साहलाई बधाईसहित सबै दलसँग सहकार्य गरी अगाडि बढ्न सुझाव दिनुभएको छ ।

साथै आफ्नो पार्टीको साथ र सहयोग पनि रहने बताउनुभएको छ । मेयर निर्वाचित भइसकेपछि साहले यसअघि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको थियो ।

साहले काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट जित्नुभएको हो ।साभार उज्यालो अनलाईन

Back to top button