निर्वाचित वडा सदस्यको मृत्यु

दार्चुलाको महाकाली नगरपालिका–७ का निर्वाचित वडा सदस्य केशवराम कोलीको मृत्यु भएको छ ।नेकपा एमालेको तर्फबाट वडा सदस्यमा निर्वाचित ३९ वर्षीय कोलीको मृत्यु भएको नगरप्रमुख नरसिंह चैसिरले जानकारी दिनुभयो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव विष्टका अनुसार पेटसम्बन्धी समस्याका कारण जिल्ला अस्पताल लैजाँदै गर्दा कोलीको मृत्यु भएको हो ।साभार ईमेज खबर

Back to top button