भद्रपुर उडेको बुद्ध एयरको विमान अवतरण नगरी काठमाडौं फर्कियो

काठमाडौं । काठमाडौंबाट भद्रपुर उडेको जहाज आकाशबाटै काठमाडौं विमानस्थल फिर्ता भएको छ ।बुद्ध एयरको ९५३ उडान नम्बरको हवाईजहाजको पछिल्लो टायरको केही पार्ट धावनमार्गमा भेटियपछि जहाज काठमाडौं फिर्ता गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

काठमाडौंबाट ३० नटिकल माइल उडेको विमान काठमाडौं फिर्ता हुँदा केही समय काठमाडौं विमानस्थल बन्द गरिएको थियो ।विमान सकुशल काठमाडौं विमानस्थलमा अवतरण गरेको छ । अब प्राविधिक जाँच गर्ने प्रवक्ता सिटौलाले बताए ।साभार अनलाईन खबर

Back to top button