
काठमाडौं । सरकारले मासिक १० करोड रुपैयाँको विद्युत् खपत गर्ने उद्योगलाई २ देखि १० प्रतिशतसम्म सहुलियत दिने भएको छ ।
संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मासिक १० करोड रुपैयाँको विद्युत् खपत गर्ने उद्योगलाई २ देखि १० प्रतिशतसम्म सहुलियत दिने बताउनुभयो ।
यस्तै, नेपाली निर्माण व्यवसायीलाई विदेशमा सेवा गर्ने बाटो खुला गरिने उहाँले बताउनुभयो । निजी क्षेत्रको रुघ्न उद्योग सञ्चालनमा सहयोग गर्ने भएको सरकारले चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन बनाउने भएको छ ।सरकारले उद्योग क्षेत्रका लागि १० अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।साभार ईमेज खबर