तारा एअरको जहाज खोज्न सेनाको हेलिकप्टर मुस्ताङ पुग्यो, मौसममा केही सुधार

कास्की – पोखराबाट मुस्ताङका लागि उडेर सम्पर्कविहीन भएको तारा एअरको जहाज खोज्न काठमाण्डौबाट नेपाली सेनाको हेलिकप्टर मुस्ताङ पुगेको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सेनाको हेलिकप्टर मुस्ताङ आइसकेको र फिस्टेलको हेलिकप्टर पनि केहीबेरमा खोजीमा परिचालन हुने उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । मौसममा केही सुधार आएकाले दुई वटै हेलिकप्टर सम्भावित दुर्घटनास्थलमा खोजीका लागि परिचालन हुने उहाँको भनाइ छ ।

आज बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एअरको जहाज १० बजेर ७ मिनेटमा बेपत्ता भएको छ । जहाजमा १९ जना यात्रु र तीन जना चालक दलका सदस्य गरी २२ जना व्यक्ति सवार रहेका तारा एअरले जनाएको छ ।साभार उज्यालो अनलाईन

Back to top button