काठमाण्डाैकाे मेयरमा बालेन्द्र र उपमेयरमा सुनिताकाे जित सुनिश्चित

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’ र उपमेयरमा एमोलेकी उम्मेदवार सुनिता डंगोलको जित सुनिश्चित भएको छ । मतगणना सकिनुअघि नै उहाँहरुको जीत सुनिश्चित भएको हो ।

बालेन र सुनिता दुवैकाे आ-आफ्ना निकटतम प्रतिस्पर्धीसँगकाे मतान्तर गणना गर्न बाँकी मतभन्दा धेरै भएकाले जित निश्चित भएकाे हाे । अहिलेसम्म महानगरको एक लाख ७१ हजार ८ सय २ मत गणना भइसकेकाे छ । १९ हजार तीन सय मत गन्न बाँकी हुँदा २० हजार भन्दा बढी मतकाे अग्रता बनाउनुभएकाे छ । साहले ५५ हजार ७ सय ४७ मत प्राप्त गर्नु भएको छ । गठबन्धनका तर्फबाट कांग्रेसकी सिर्जना सिंहले ३५ हजार ३ सय ७१ र एमालेका उम्मेदवार केशव स्थापितले ३४ हजार ६  सय २६ मत पाउनु भएको छ ।

यस्तै उपमेयरमा  सुनिता डंगोलले ६० हजार ६ सय ७५ मत ल्याउनु भएको छ । यो एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठको भन्दा ३९ हजार ९ सय ८९ मतले धेरै हो । श्रेष्ठले अहिलेसम्म २० हजार ६ सय ८६ मत पाउनु भएको छ । साभार उज्यालो अनलाईन

Back to top button