पर्वतमा पालिका स्तरीय कार्यपालिका सदस्यहरुको निर्वाचनको मिति तोकियो

पर्वत । निर्वाचन अधिकृतको कार्यालयहरुले पर्वतमा पालिका स्तरीय कार्यपालिका निर्वाचनको मिति तोकेका छन् । निर्वाचनको अन्तिम मतपरिणाम आएको १५ दिन भित्र सम्पन्न गर्नुपर्ने कार्य पालिका निर्वाचनको मिति तोकिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले कुश्मा नगरपालिकामा आागमी जेठ १८ गते निर्वाचनको मिति तोकेको छ भने पैयू गाउँपालिका र जलजला गाउँपालिकामा आगामी जेठ १७ गते निर्वाचनको मिति तोकिएको छ । यसैगरी मोदी गाउँपालिकामा भने आगामी जेठ १८ गते निर्वाचन हुँदैछ ।

यस निर्वाचनले निर्वाचित नगर तथा गाउँ सभा सदस्यहरु मध्येबाट नगरपालिकामा ५ जना र गाउँपालिमा ४ जना कार्यपालिका सदस्य निर्वाचित गर्नेछ । यसैगरी सोहि निर्वाचनमा अल्पसंख्यक वा दलित समुदायमा थप नगरपालिकामा ३ जना र गाउँपालिकामा २ जना सदस्यहरु खुल्ला रुपमा निर्वाचित हुनेछन् ।

यसको लागि दलहरुले आफ्नो आफ्नो उमेदवारलाई प्रस्तुत गर्नेछन् । ति उमेदवारलाई मतदान गर्ने अधिकार भने निर्वाचित नगर तथा गाउँपालिकाका प्रमुख, अध्यक्ष तथा उपप्रमुख उपाध्यक्ष, वडाअध्यक्षहरु र वडा सदस्यहरु रहनेछन् । यो निर्वाचन सम्पन्न पछि पालिकाका सवै निर्वाचन सम्पन्न हुनेछ ।

Back to top button