विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

काठमाडौं । प्रहरीले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षकलाई पक्राउ गरेको छ ।कलेजका शिक्षक जनार्दन अधिकारीलाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भैरहेको छ ।पक्राउ परेका शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले प्रहरी वृत्त गौशालाबाहिर प्रदर्शन गरिरहेका छन् ।साभार ईमेज खबर

Back to top button