नीति तथा कार्यक्रम आज संसदमा पेस हुँदै

काठमाण्डाै – आउँदाे आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम आज संसदमा पेस हुँदैछ ।दिउँसो ४ बजे बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले प्रस्ताव गरेको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ ।

सरकारको नीति तथा कार्यक्रममा आर्थिक विकास, कोरोनापछिको पुनरुत्थान, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तारलगायत कार्यक्रम समावेश गरिएको छ ।

नीति तथा कार्यक्रमका आधारमा आउँदो १५ गते बजेट संसदमा पेस हुनेछ ।संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको जेठ १५ गते सङ्घीय सरकारले आउँदाे आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुपर्छ । साभार उज्यालो अनलाईन

Back to top button