सेन्ट लरेन्स कलेजका एक शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीको नाराबाजी

काठमाण्डौ – काठमाण्डौ चाबहिलको सेन्ट लरेन्स कलेजका एक जना शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन् ।

आन्दोलित विद्यार्थीले प्रहरी वृत्त गौशालामा नाराबाजी गरिरहेका छन् । प्रहरीले घटनाबारे अनुसन्धान गर्न कजेल, विद्यार्थी र अभिभावकसँग छलफलको प्रयास भइरहेको जनाएको छ ।

केही दिनअघि सामाजिक सञ्जालमा एक युवतीले आफूलाई सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको भन्दै घटना सार्वजनिक गरेपछि अहिले यौन दुव्यर्वहारका अन्य घटना पनि सार्वजनिक भइरहेका छन् भने दुर्व्यवहार विरुद्ध बहस पनि सुरु भएको छ ।

विद्यार्थीको आन्दोलनका कारण अहिले गौशाला चाबहिल क्षेत्रमा गाडीको आवागमन प्रभावित भएको छ । उनीहरुले दोषीलाई कारबाही गर्न माग गरेका छन् । साभार उज्यालो अनलाईन

Back to top button