पोखरा महानगर-१८ मा ९ मत नपुगेकाे भन्दै पुनः मतगणना गर्न एमालेको माग

कास्की – पोखरा महानगरपालिका वडा नम्बर १८ मा ९ मत नपुगेकाे भन्दै नेकपा एमालेले पुन: मतगणनाको माग गरेको छ ।एमाले उम्मेदवार पुष्कलबहादुर थापा र एमालेका महानगर कमिटी अध्यक्ष दीलिप न्यौपानेले फेरि मतगणनाको माग गर्नुभएकाे हाे ।

न्यौपानेले मतगणना पुनः नगर्दासम्म नतिजा नस्वीकार्ने बताउनु भएकाे छ । यस वडामा एमालेका उम्मेदवार तीन मतले पराजित हुनुभएकाे थियाे ।एमालेका उम्मेदवार थापाले १ हजार ६ सय ४० र वडा अध्यक्षमा निर्वाचित कांग्रेसका शिव तिमिल्सिनाले १ हजार ६ सय ४३ मत प्राप्त गर्नुभएकाे छ । साभार उज्यालो अनलाईन

Back to top button