काठमाण्डाै महानगरमा बालेन्द्र साहलाई १८ हजार ५ सय ५९ मतकाे अग्रता

काठमाण्डाै – काठमाण्डौको पछिल्लो मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले १८ हजार ५ सयभन्दा बढी मतले अग्रता कायम गर्नु भएको छ ।

पछिल्लो मत परिणामअनुसार उहाँ नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा १८ हजार ५ सय ५९ मतले अगाडि हुनुहुन्छ । बालेन्द्र साहले अहिलेसम्म ४५ हजार ९ सय ८२ मत ल्याउँदा सिंहले अहिलेसम्म २७ हजार ४ सय २३ मत ल्याउनु भएको छ ।

महानगरमा १ लाख ३४ हजार ८७ मत गन्दा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा हुनुहुन्छ । उहाँले २६ हजार ४ सय ५४ मत पाउनु भएको छ ।साभार उज्यालो अनलाईन

Back to top button