बालिका बलात्कारको आरोपमा गौरीगञ्जबाट म्यादी प्रहरी पक्राउ

झापाको गौरीगञ्जमा एकजना म्यादी प्रहरी पक्राउ परेका छन् ।एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

पाठकका अनुसार पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका ५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल छन् । ५ वर्ष अघि २०७४ साल जेठ ३ गते उदयपुरको ताप्लीमा रहेको गहते जंगलमा लगेर बालिकालाई बलात्कार गरेको आरोपमा पोख्रेल पक्राउ परेका हुन् । बालिका बेहोस भएपछि उनी फरार थिए ।

फरार रहेका पोख्रेललाई प्रहरीले खोजिरहेको भए पनि भेट्न सकेको थिएन ।तर स्थानीय तह चुनावका लागि झापामा म्यादी प्रहरीका लागि आवेदन दिई छनोट प्रक्रिया पूरा गरेर म्यादी प्रहरीमा कार्यरत रहेकै बेला उनलाई प्रहरीले झापाको गौरीगञ्जबाट पक्राउ गरेको हो ।पक्राउ परेका पोख्रेललाई थप अनुसन्धानका लागि उदयपुर नै पठाइएको झापा प्रहरीले जनाएको छ ।साभार अनलाईन खबर

Back to top button