काठमाण्डाै महानगर : ७३ हजार ९ सय ९ मत गन्दा बालेनलाई १३ हजार ४ सय ८० मतकाे अग्रता

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले १३ हजार ४ सय ८० मतकाे अग्रता बनाउनु भएको छ ।पछिल्लो मत परिणाम अनुसार उहाँले २७ हजार ४ सय ९५ मत ल्याउनु भएको छ ।

एमालेका उम्मेदवार केशव स्थापितले अहिलेसम्म १४ हजार ९ सय ४० मत प्राप्त गर्नुभएको छ । कांग्रेसकी सिर्जना सिंहले १४ हजार १५ मत ल्याउनु भएको छ। अहिलेसम्म ७३ हजार ९ सय ९ मत गणना भएको छ ।

उपमेयरमा भने एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । उहाँले अहिलेसम्म २७ हजार ५ सय २६ मत पाउनु भएको छ ।एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ९ सय १४ मत पाउनु भएको छ ।साभार उज्यालो अनलाईन

Back to top button