पोखरा महानगरको मेयरमा एकीकृत समाजवादीको अग्रता कायमै, उपमेयरमा भने एमालेले कांग्रेसलाई उछिन्यो

काठमाडौं । कास्कीको पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै छ । उपमेयर पदमा भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङले कांग्रेस उम्मेदवार कोपिला रानाभाटलाई उछिन्नु भएको छ ।

पोखरा महानगरमा बिहीबार बिहानसम्म ५० हजार ११७ मतगणना हुँदा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले २० हजार ७४९ मत पाउनु भएको छ । यस्तै, नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले १८ हजार ३६६ मत प्राप्त गर्नुभएको छ ।

उपमेयर पदमा भने एमालेकी गुरुङले २० हजार ९७७ मत पाउँदै अग्रता लिनु भएको छ । कांग्रेसकी उम्मेदवार रानाभाटलाई २० हजार ९६३ मत प्राप्त गर्नुभएको छ ।१२ वडाको मतगणना सकिँदा कांग्रेस ९ र एमाले ३ वडामा विजयी भएको छ ।साभार ईमेज खबर

Back to top button