धरान उप–महानगरमा स्वतन्त्र उम्मेदवार हर्क साङपाङकाे अग्रता कायमै

सुनसरी – सुनसरीको धरान उप–महानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साङपाङले अग्रता कायम गर्नु भएको छ ।निर्वाचन अधिकृतको कार्यालय धरानले दिएको जानकारी अनुसार अहिलेसम्म २९ हजार ४ सय ६६ मतगणना सकिएको छ । स्वतन्त्र उम्मेदवार साङपाङले किशोर राईसँग १ सय ४७ मतको मतान्तर कायम गर्नु भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार साङपाङले ८ हजार ५ सय ९ मत ल्याउँदा कांग्रेसका राईले ८ हजार ३ सय ६२ मत मात्रै ल्याउनु भएको छ । २०७४ को चुनावमा मेयर र उपमेयर जितेको एमाले भने तेस्रो स्थानमा पुगेको छ ।एमालेकी मञ्जु भण्डारी सुवेदीले ६ हजार ८ सय ५८ मत ल्याउनु भएको छ ।साभार उज्यालो अनलाईन

Back to top button