पर्वतको बिहादी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका प्रविण गुरुङ विजयी

पर्वतको बिहादी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका प्रविण गुरुङ विजयी हुनुभएको छ । गुरुङले ३ हजार ४ सय ६९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ओमप्रसाद कुँवरले २ हजार ९ सय ३७ मत ल्याउनुभएको छ ।

गाउँपालिकाको उपाध्यक्षमा भने नेकपा एमालेका उम्मेदवार मीना शर्मा तिवारीले ३ हजार २ सय २७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओबादीका सन्तवहादुर गुरुङले ३ हजार ५० मत ल्याउनुभयो । यसरी पर्वतमा सबै पालिकाको नतिजा आएको छ । कुल सात पालिकामध्ये प्रमुखमा नेपाली काँग्रेसले पाँच र नेकपा एमालेले दुईमा जित हाँसिल गरेको छ ।

Back to top button