पर्वतको कुश्मा नगरपालिकामा जोशी उपप्रमुखमा रिजाल विजयी

पर्वत । पर्वतको कुश्मा नगरपालिकाको नगरप्रमुखमा नेपाली काँग्रेसका रामचन्द्र जोशी विजयी हुनुभएको छ भने उपप्रमुखमा नेकपा एमालेका स्वस्थानी रिजाल विजयी हुनुभएको छ । नगरप्रमुख जोशीले ९ हजार ८ सय ६४ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार गणेश शर्मा पौडेल ९ हजार ८९ मत ल्याउनुभयो ।

त्यसैगरि उपप्रमुखमा विजयी स्वस्थानी रिजालले ९ हजार ९२ मत ल्याउनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा माओबादीका उम्मेदवार शंकर गिरीले ८ हजार २ सय ८२ मत प्राप्त गर्नुभएको छ ।

Back to top button