बालेन शाह केशव स्थापितभन्दा ७ हजार ९ सय ८९ मतले अगाडि

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले १६ हजार मत कटाउनु भएको छ ।ताजा मत परिणाम अनुसार शाहले १६ हजार ५ सय ३७ मत पाउनु भएको छ । उहाँ एमालेका उम्मेदवार केशव स्थापितभन्दा ७ हजार ९ सय ८९ मतले अगाडि हुनुुहुन्छ ।

स्थापितले अहिलेसम्म ८ हजार ५ सय ४८ मत प्राप्त गर्नु भएको छ । नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार ६ सय ९० मत प्राप्त गर्नु भएको छ  ।यस्तै, उपमेयरमा भने एमालेलाई अग्रता छ । एमालेकी सुनिता डङ्गाेलले १५ हजारभन्दा धेरै मत प्राप्त गर्नु भएको  छ ।

पछिल्लो मत परिणाम अनुसार डङ्गोलले १५ हजार ६ सय ७३ मत पाउनु भएको छ । उहाँ गठबन्धनबाट उम्मेदवार रहेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठभन्दा १० हजारभन्दा धेरै मतले अगाडि हुनुहुन्छ ।श्रेष्ठले अहिलेसम्म ५ हजार १५ मत मात्र प्राप्त गर्नु भएको छ । महानगरको ४२ हजार २ सय ६९ मत गणना भइसकेको छ ।

Back to top button