ठुलीपोखरीमा ३२ बर्षदेखि कायम एमालेको गढ भत्कीयो

कुस्मा नगरपालिका १२ ठुलीपोखरीमा ३२ बर्षदेखि कायम नेकपा एमालेले आफ्नो विरासत गुमाएको छ । हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र तर्फका साझा उम्मेदवार झलक रिमालले उक्त विरासत तोड्न सफल भएका हुन । नेकपा एमालेका निकटतम प्रतिस्पर्धी काशोर सापकोटालाइ १ सय ८९ मतले पछि पार्दै विजयी भएका हुन । एमाललेले ६ सय ६३ मत प्राप्त गरेकोमा रिमालले ८ सय ५२ मत प्राप्त गरेका हुन ।

280310597_1261178801083713_3526229384519355122_n.jpg

नेपाल प्रहरीको जवानपदमा २० महिनादेखि काम गरेका उनी सामाजिक कार्यमा थिए । ४७ बर्षिय रिमाललको विजयीले ठुलीपोखरीको सिंगो गाउँ नै उत्साहित भइ बजार परिक्रमा गराएका छन् । उनलाई संयुत्त गठबन्धनले सर्मन गरेसँगै विरासत तोड्न सजिलो भएको हो ।

Back to top button