पोखरा महानगर अपडेटः धनराजलाई १ हजार ३५५ मतको अग्रता

पोखरा । पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लग्नु भएको छ । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १ हजार ३५५ पु¥याउनु भएको छ ।हालसम्म २२ हजार ५६२ मत गणना सम्पन्न हुँदा आचार्यले ९ हजार ३९५ मत प्राप्त गरेर अग्रता कायम राख्नु भएको हो । उहाँलाई एमालेका थापाले ८ हजार ४० मत ल्याएर पछ्याईरहनु भएको छ । त्यस्तै राप्रपाका शंकर खरालले १ हजार ११७ मत प्राप्त गर्नु भएको छ ।

यसैगरी, उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले अग्रता कायम राख्नु भएको छ । रानाभाटले एमालेकी मञ्जुदेवी गुरुङसँगको मतान्तर ५ सय ६५ पु¥याउनु भएको छ ।

रानाभाटले ९ हजार ६६७ मत प्राप्त गर्नु भएको छ भने एमालेकी गुरुङले ९ हजार १०२ मत ल्याएर पछ्याईरहनु भएको छ । यस्तै, राप्रपाकी रञ्जना सेनले ९३३ मत प्राप्त गर्नु भएको छ ।साभार ईमेज खबर

Back to top button