२ सय ९५ पालिकाकाे नतिजा : कांग्रेस १ सय ३३, एमाले ८४ र माओवादी ६४ वटामा विजयी

काठमाण्डाै – पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म दुई सय ९५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म ४४ वटा नगरपालिका र दुई सय ५१ वटा गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो ।

अहिलेसम्म सार्वजनिक नतिजाअनुसार नेपाली कांग्रेस सबैभन्दा अगाडि रहेको छ । कांग्रेसले अहिलेसम्म २४ वटा नगरपालिका र एक सय नौ वटा गाउँपालिका गरी एक सय ३३ वटा पालिकाको नेतृत्व पाएको छ । यस्तै कांग्रेसले १७ नगरपालिका र एक सय १२ गाउँपालिका गरी एक सय २९ वटा पालिकाको उपप्रमुख तथा उपाध्यक्ष पद जितेको छ । यस्तै कांग्रेसले एक हजार पाँच सय ९९ वटा वडाध्यक्ष पद पनि जितेको छ ।

दोस्रोमा रहेको एमालेले अहिलेसम्म १२ नगरपालिका र ७२ गाउँपालिका गरी ८४ वटा पालिकाको प्रमुख तथा १७ नगरपालिका र ६९ गाउँपालिका गरी ८६ वटा पालिकाको उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । यस्तै एमालेले एक हजार दुई सय ३५ वटा वडामा अध्यक्ष जितेको छ ।

नेकपा माओवादी केन्द्रले ६ वटा नगरपालिका र ५८ वटा गाउँपालिका गरी ६४ वटा पालिकाको प्रमुख तथा अध्यक्ष र ६ वटा नगरपालिका र ५८ वटा गाउँपालिका गरी ६४ वटा पालकाको उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । माओवादी केन्द्रले ६ सय ९४ वटा वडाध्यक्ष पद जितेको छ ।

नेकपा एकीकृत समाजवादीले चार वटा र जनता समाजवादी पार्टीले चार वटा गाउँपालिकाको अध्यक्ष जितेका छन् । एउटा नगरपालिकाको मेयर स्वतन्त्र र एउटाको मेयर नेपाल मजदुर किसान पार्टीले जितेका छन् । राष्ट्रिय जनमोर्चाले एउटा गाउँपालिकाको अध्यक्ष पदमा जित निकालेको छ । नेकपा एकीकृत समाजवादीले एक सय एक वटा वडामा अध्यक्ष जितेको छ । साभार उज्यालो अनलाईन

Back to top button