जलजला गाउँपालिकामा गठबन्धनको सानदार जित

पर्वत । पर्वतको जलजला गाउँपालिकामा गठबन्धन दलबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका राजु प्रसाद आचार्य अध्यक्षमा विजयी बनेका छन् । उनले नेकपा एमालेका लाल बहादुर अधिकारीलाई हराएका हुन् ।

निर्वाचित आचार्यले ५ हजार ६ सय ५७ मत ल्याउँदा प्रतिस्पर्धी अधिकारीले ४ हजार १ सय ८४ मत ल्याएका छन् ।त्यसतै उपाध्यक्षमा पनि गठबन्धन दलकै माओवादी उम्मेदवार दीपक आचार्यले नेकपा एमालेकी सुनिता बरुवाललाई पराजित गरेका छन् ।उनले ४ हजार ७ सय ९२ मत ल्याउँदा बरुवालले ४ हजार ७ सय १५ मत ल्याएकी छन् ।

Back to top button