
पर्वत । पर्वत जिल्लाको जलजला गाउँपालिका वडा न ८ नाग्लीवाङ्गमा गठबन्धनको प्यानल नै बिजय भएको छ । दोस्रो कार्यकालका लागी बडा अध्यक्षमा हरी बिकास जि सीले निर्वाचन जितेका छन् ।
नेकपा एमालेका उमेद्घवार अनिता रेग्मीलाई तिन सय चौंध मतान्तरले हराउँदै कांग्रेसले वडाअध्यक्ष जितेको हो ।कुल ५५९ मत एमालेका अनिता रेग्मीले ल्याउँदा कांग्रेसका हरी बिकास जि सी ले ८७३ मत ल्याएका छन् । ३१४ मतान्तरले नाग्लीवाङ्गमा कांग्रेसका जि सी विजयी भएका हु्न् ।
वडा सदस्यहरुमा कांग्रेसका एक जना खिम बहादुर खत्री तथा माओबादीका तीन जना सदस्य सोम बहादुर जि सी, सम्झना रेग्मी र सुनिता परीयार ले जितेका छन् ।