३ दशक देखि कम्युनिष्टको बर्चश्व रहँदै आएको बाजुङमा नेपाली कांग्रेसको जित

विगत ३ दशक देखि कम्युनिष्टको बर्चश्व रहँदै आएको पर्वत जिल्लाको मोदी गाउँपालिका वडा न ५ बाजुङमा यस पटक नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका वडा अध्यक्ष मानबहादुर अधिकारीले बडाअध्यक्षमा निर्वाचन जितेका हु्न् ।

जिल्ला भर कम्युनिष्ट पाटीको बर्चश्व रहेका वडाहरु मध्ये बाजुङ अग्रपंक्तिमा आउँछ । विगतका धेरै चुनावहरु नेकपा एमालेले जित्ने गरेको भए पनि यस पटक भने २ मतान्तरले प्रतिस्पर्धीलाई हराउँदै कांग्रेसले वडाअध्यक्ष जितेको हो ।

कुल १११२ मत एमालेका तेजप्रसाद क्षेत्रीले ल्याउँदा कांग्रेसका अधिकारीले १११४ मत ल्याएका छन् । २ मतान्तरले बाजुङमा कांग्रेसका अधिकारी विजयी भएका हु्न् । बाँकी ४ जना वडा सदस्य भने नेकपा एमालेले नै जितेको छ ।

Back to top button