पैयुँ गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार तोरण मल्ल ठकुरी विजयी

पर्वतको पैयुँ गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार तोरण मल्ल ठकुरी विजयी हुनुभएको छ । मल्लले ३ हजार ८ सय २४ मत प्राप्त गरि विजयी हुनुभएको हो । नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार महेन्द्र श्रेष्ठले ३ हजार ३ सय ८० मत ल्याएर पराजित हुनुभएको छ । मल्ल र श्रेष्ठका बिचमा ४ सय ४४ मतको अन्तर रहेको छ । उपाध्यक्षमा भने नेकपा एमालेका उम्मेदवार यामकुमारी राना विजयी हुनुभएको छ । रानाले ३ हजार ७ सय ७७ मत ल्याउनुभएको छ ।

उपाध्यक्षका उम्मेदवार नेपाली काँग्रेसका जानकी प्रधानले ३ हजार ४ सय ५८ मत ल्याउनुभएर पराजित हुनुभयो । वडाको १ नम्बर वडामा नेपाली काँग्रेसका मिनप्रसाद न्यौपाने सहित काँग्रेसको प्यानल, वडा नम्बर २ मा नरभूपाल काफ्ले सहितको एमालेको प्यानल, वडा नम्बर ३ मा एमालेकै चन्द्रवहादुर थापा सहितको प्यानल विजयी भएको छ । पैयुँ गाउँपालिका ४ मा नेकपा एमालेकै टुकलाल न्यौपाने सहितको प्यानल र पैयुँ ५ मा नारायण भूर्तेल सहितको प्यानल, वडा नम्बर ६ मा एमालेका गंगाधर अधिकारी र ३ सदस्य नेकपा एमाले र एक सदस्य नेकपा माओबादी, वडा नम्बर ७ मा नेपाली काँग्रेसका तोयानाथ शर्मा सहितको प्यानल विजयी भएको छ ।

Back to top button