फलेवास नगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी

पर्वतको फलेवास नगरपालिकाको मेयरमा नेपाली काङ्ग्रेसका गङगाधर तिवारी बिजयि हुनुभएको छ भने उपमेयरमा माओबादि केन्द्रका शोभाकुमारि क्षेत्री बिजयि हुनुभएको छ ।  तिवारीले ७ हजार ७ सय मत ल्याएर विजयी हुनुभएको हो भने उहाँका प्रतिस्पर्धि नेकपा एमालेका मेयर पदका उम्मेदवार पदमपाणि शर्माले ६ हजार ३ सय ३८ मत ल्याउनुभएको छ ।

यस्तै उपमेयरमा विजयी शोभाकुमारि क्षेत्रीले ६ हजार ३ सय २७ मत प्राप्त गरि विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मन्जु अधिकारीले ६ हजार ५७ मत प्राप्त गर्नुभएको छ । मेयरमा १३६२ र उपमेयरमा २७० मतको अन्तर रहेको छ ।

Back to top button