
कास्की – पोखरा महानगरपालिकामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राख्नुभएकाे छ ।
आचार्यले ४ हजार ९ सय ५ मतसहित अग्रता लिइरहनुभएकाे छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ४ हजार ४ सय ५९ मत पाउनुभएकाे छ ।
यस्तै उपाध्यक्षमा एमालेकी मञ्जु गुरुङले अग्रता कायमै राख्नुभएकाे छ । गुरुङले ५ हजार ५४ मत प्राप्त गर्दा उहाँकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी काेपिला रानाभाटले ४ हजार ९ सय ५२ मत प्राप्त गर्नुभएकाे छ ।साभार उज्यालो अनलाईन