काठमाण्डाैमा बालेन शाहकाे अग्रता बढेकाे बढ्यै

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगिरहनुभएकाे छ । शाहले ३ हजार २ सय ५३ मतकाे अग्रता लिइरहनुभएकाे छ ।

अहिलेसम्मकाे गणनामा शाहले ६ हजार ९ सय ७८ मतसहित अग्रता कायमै राख्नुभएकाे हाे । नेकपा एमालेका केशव स्थापितले ३ हजार ७ सय २५ मत प्राप्त गर्नुभएकाे छ । गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ३ हजार २ सय ५५ मत प्राप्त गर्नुभएकाे छ ।

उपमेयरमा भने एमालेकी सुनिता डंगाेलले फराकिलाे अग्रता लिइरहनुभएकाे छ । अहिलेसम्मकाे गणनामा डंगाेलले ७ हजार १ सय ६४ मत प्राप्त गर्दै अग्रता लिइरहनुभएकाे छ । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १ हजार ९ सय ८६ मत प्राप्त गर्नुभएकाे छ ।साभार उज्यालो अनलाईन

Back to top button