पर्वतका २४ वडाको परिणाम सार्वजनिक एमाले– १८ काँग्रेस–६

पर्वत । पर्वतमा सातवटै स्थानीय तहमा मतगणना जारी रहेको छ । शुक्रवार सम्पन्न स्थानीय तहको निर्वाचनको मतदान पछि शनिवारदेखि सातवटै पालिकामा मतगणना शुरु गरिएको हो । पर्वतमा हालसम्म २४ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । जसमा १८ वडामा एमालेले बिजयी हासिल गरेको छ भने ६ वडामा नेपाली काँग्रेस बिजयी भएको छ ।

परिणाम सार्वजनिक भएका २६ वडा मध्ये पर्वतको जलजला गाउँपालिकाको वडा नं १,२,३ ४ र ५ वडामा एमालेका उमेदवार बिजयी भएका छन भने वडा नं. ६ मा नेपाली काँग्रेस बिजयी भएको छ ।यस्तै पैंयु गाउँपालिकामा ४ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । मत परिणाम सार्वजनिक भएका मध्ये पैंयु १ मा नेपाली कांग्रेसका उमेदवार बिजयी भएका छन भने वडा नं २, ३ र ५ मा नेकपा(एमाले) बिजयी भएको छ ।

यता महाशिला गाउँपालिकामा ४ वटा वडाको मत परिणाम सार्वजनिक हुँदा चार वटै वडामा एमाले बिजयी भएको छ । महाशिलाका १,२ र ३, ४ नम्बर वडामा एमालेका उमेदवार प्यानलै सहित बिजयी भएका हुन ।

बिहादी गाउँपालिकाको दुई वडाको मत परिणाम सार्वजनिक हुँदा वडा नं. १ मा एमालेका उमेदवार चित्रबहादुर गुरुङ र वडा नं. २ मा नेपाली काँग्रेसका उम्मेदवार गणेश पौडेल बिजयी भएका छन ।

फलेबास नगरपालिकामा ४ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । फलेबासमा एमालेले २ वटा वडामा बिजय हाँसिल गरेको छ भने २ वडामा नेपाली कांग्रेसका उमेदवार बिजयी भएका छन । फलेबासको वडा नं १ र १० मा कांग्रेसका उमेदवार बिजयी भएका छन । भने वडा नं २ र ११ मा एमालेका उमेदवारले बाजी मार्न सफल भएका छन । वडा नं. ११ मा ३६ वर्षपछि नेकपा एमाले बिजयी भएको हो ।

यसैगरी मोदी गाउँपालिकामा १ र २ र ३ वडाको मत सार्वजनिक भएको छ । तीनैवटा वडामा एमालेका उमेदवार बिजयी भएका हुन अहिले वडा नंं. ४ को गणना जारी रहेको छ ।

कुस्मा नगरपालिकामा वडा नं. १ र १४ को मतपरिणाम सार्वजनिक भएको छ । जसमा नेपाली काँग्रेस बिजयी भएको छ । अहिले वडा नं. २, १३ र ३ को मतगणना जारी रहेको छ । कुश्मामा नेपाली काँग्रेसको अग्रता कायमै रहेको छ ।

Back to top button