मुस्ताङको थासाङ अध्यक्षमा एमालेका गौचन निर्वाचित

पोखरा । मुस्ताङको थासाङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रदीप गौचन निर्वाचित भएका छन् ।गौचनले ११४४ मत पाए भने कांग्रेसका उम्मेदवार बालकुमारी शेरचनले १०५५ मत ल्याइन् ।

उपाध्यक्ष पदमा भने नेपाली कांग्रेसका उम्मेदवार सोमल हिराचनले १११२ मत प्राप्त गरी निर्वाचित भएका छन् भने एमालेका उम्मेदवार सुमिता शेर्पाले १०८० मत ल्याइन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुबै पद जितेको नेपाली कांग्रेसले यसपटक भने अध्यक्ष पद गुमाएको हो ।

थासाङ गाउँपालिकाको वडा नं ३ र ४ मा नेपाली कांग्रेसको प्यानल बिजयी भएको छ भने वडा नं २ मा नेकपा एमालेको प्यानल विजयी भएका हुन् ।थासाङ १ र ५ मा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको छ भने त्यहा अन्य सदस्य नेकपा एमालेले जितेको छ ।यो सँगै मुस्ताङका ४ स्थानीय तहमा एमालेले जीत निकालेको छ ।साभार अनलाईन खबर

Back to top button