मुस्ताङको थासाङ गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसकाे जित

मुस्ताङ – मुस्ताङको थासाङ गाउँपालिको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् । अध्यक्ष पदमा एमालेका प्रदीप गौचनले एक हजार एक सय ४४ मत प्राप्त गरेर जित हासिल गर्नुभएको हो । उहाँका प्रतिस्पर्धी कांग्रेसकी बालकुमारी शेरचनले एक हजार ५५ मत प्राप्त गर्नुभयो ।

यस्तै, थासाङको उपाध्यक्षमा कांग्रेसका सोमल हिराचन एक हजार एक सय १२ मत लिएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेकी सुमिता शेर्पाले एक हजार ८० मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । योसँगै मुस्ताङको सबै पालिकाको अन्तिम परिणाम आइसकेको छ ।साभार उज्यालो अनलाईन

Back to top button