बालेन शाहले २६ सय मत कटाउँदा केशव स्थापितकाे १४ सय पुग्याे

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहकाे अग्रता कायमै छ । ६ हजार ९ सय ८२ मतगणनामा शाहले २ हजार ६ सय ७१ मत प्राप्त गर्नुभएकाे छ । उहाँलाई पछ्याइरहनुभएका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १४ सय ८ मत प्राप्त गर्नुभएकाे छ ।

यस्तै गठबन्धनतर्फ कांग्रेसकी सिर्जना सिंहले १२ सय ५१ मत प्राप्त गर्नुभएकाे छ । राप्रपाका मदनदास श्रेष्ठले २ सय ७१ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले २ सय ६७ मत प्राप्त गर्नुभएकाे छ ।

उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगाेलले अग्रता बनाइ रहनुभएकाे छ । उहाँले २ हजार ७ सय ५ मत प्राप्त गर्नुभएकाे छ । गठबन्धनतर्फ एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ७ सय ८३ मत प्राप्त गर्नुभएकाे छ ।साभार उज्यालो अनलाईन

Back to top button