
पर्वत । जिल्लाको दक्षिणी क्षेत्र पैयू गाउँपालिकाको वडा न ३ मा एमालेका चन्द्र थापा विजयी भएका छन् । गठबन्धनमा कांग्रेसका उमेदवारलाई हराउँदै थापा विजयी भएका हुन् ।
यसैगरी महाशिला गाउँपालिकामा एकिकृत समाजवादीलाई हराउँदै वाड न ३ मा एमालेका वडा अध्यक्ष विजयी भएका छन् । एकिकृत समाजवादीका वडा अध्यक्षले २८१ मत ल्याउँदा एमालेका उमेदवार प्रताप गुरुङले ३३९ मत ल्याएका थिए ।
५८ मतान्तरले एमालेका उमेदवारले गठबन्धनको तर्फबाट उमेदवार बनेका एकिकृत समाजवादीका उमेदरवारलाई हराएका हुन् ।