भक्तपुर नगरपालिकाले विद्यालयमा दुई दिन सार्वजनिक बिदा नदिने

काठमाडौं । भक्तपुर नगरपालिकाले आफू मातहतका विद्यालयमा दुई दिन सार्वजनिक बिदा नदिने भएको छ ।नगरपालिकाको शिक्षा शाखाले आइतबार सबै विद्यालयहरूलाई एक परिपत्र गर्दै हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने निर्णय गरेको हो ।

शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले गरेको परिपत्रमा भनिएको छ, ‘जेठ १ गतेदेखि लागू हुने हप्तामा दुई दिन प्रत्येक शनिबार र आइतबार बिदा दिने निर्णय भएता पनि भक्तपुर नगरपालिकाबाट अर्को सूचना जारी नभएसम्मको लागि साबिकबमोजिम नै विद्यालय सञ्चालन गर्न र गराउनुहुनु अनुरोध छ ।’

सरकारले जेठदेखि परीक्षणका रूपमा शनिबार र आइतबार गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । शिक्षा मन्त्रालयले भने शुक्रबार पूरा दिन पढाएर शनिबार र आइतबार बिदा दिन परिपत्र गरेको थियो ।

यद्यपि,कक्षा १२ सम्मको विद्यालय स्थानीय सरकारको मातहतमा पर्ने भएकाले स्थानीय तहले आवश्यकताअनुसार निर्णय गर्नसक्ने अधिकार दिएको छ ।

 

Back to top button