बाग्लुङको ताराखोला गाउँपालिका अध्यक्षमा माओवादीका धनबहादुर विक निर्वाचित

काठमाण्डाै – बाग्लुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार धनबहादुर विक विजयी हुनुभएको छ ।

विक २ हजार २८५ मत ल्याएर निर्वाचित हुनुभएको हो । ताराखोलामा माओवादी केन्द्रका प्रकाश घर्तीले बागी उम्मेदवारी दिनुभएको थियो । उहाँले २ हजार ९० मत प्राप्त गर्नुभयो ।

ताराखोलाको उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका भीमबहादुर रोका विजयी हुनुभएको छ । रोकाले ३ हजार ४ सय ३ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी एमालेका थममाया घर्तीले ६६१ मत प्राप्त गर्नुभयो ।

Back to top button