पोखरा महानगरमा धनराज आचार्यको अग्रता कायमै

कास्की – पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै छ । उहाँले ९२३ मत प्राप्त गर्नु भएकाे छ । पोखरा महानगर पालिका वडा नम्बर १, २ र १२ को २४ सय मतगणनामा आचार्यले अग्रता लिनुभएकाे हाे ।

एमालेका मेयर उम्मेदवार कृष्ण थापाले ८ सय ६ मत प्राप्त गर्नु भएको छ । राप्रपाका शङ्कर खरालले १ सय ४८, स्वतन्त्र गनेश पौडेलले ५२ मत प्राप्त गर्नु भएको छ ।  पोखरा महानगरपालिकामा २ लाख ७ हजार ७ सय १२ मतदाता रहेका छन् । अहिले १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।साभार उज्यालो अनलाईन

Back to top button