उपमहानगरपालिकामा कुन कुन दललाई अग्रता ?

कांग्रेस ४, स्वतन्त्र र माओवादी केन्द्र २/२, एमाले र एकीकृत समाजवादी १/१ ठाउँमा अग्रता

काठमाडौं । मतगणना भइरहेको १० उपमहानगरपालिकामध्ये ४ वटामा नेपाली कांग्रेसले अग्रता लिएको छ । नेकपा माओवादी केन्द्रले २ वटा, स्वतन्त्र उम्मेदवारले २ वटामा, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले एक-एक वटा उपमहानगरपालिकामा अग्रता लिएको छ ।

देशभरका ११ उपमहानगरमध्ये दाङको तुल्सीपुर उपमहानगरपालिकामा उम्मेदवारको मृत्यु भएका कारण चुनाव रोकिएको थियो ।

मतगणना भइरहेको बुटवल, इटहरी, धरान र नेपालगञ्ज उपमहानगरपालिकामा कांग्रेसको अग्रता छ । बुटवटल उपमहानगरपालिकामा कांग्रेसका खेलराज पाण्डे २ हजार २१४ मत पाएका छन् भने एमालेका बाबुराम भट्टराईको मत १ हजार ३१२ मात्रै छ । राप्रपाका मृगेन्द्रकुमार शेरचनले ६१३ मत पाएका छन् ।

इटहरी उपमहानगरपालिकामा कांग्रेसका हेमकर्ण पौडेलले १ हजार ९२७ मत पाएका छन् भने एमालेका यामकुमार सुब्बाले १ हजार ४२७ मत पाएका छन् भने राप्रपाका आकाश हिङ्ग लिम्बुले १९५ मत पाएका छन् ।

धरान उपमहानगरपालिकामा कांग्रेसका किशोर राईले १ हजार ५८७ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार हर्कराज राईले १ हजार १११ मतसहित किशोरलाई पछ्याइहरेका छन् । एमालेकी मञ्जु सुवेदीले ९५१ मत पाएकी छिन् ।

नेपालगञ्ज उपमहानगरपालिकामा कांग्रेसका प्रशान्त विष्टले ३०५ मतसहित अग्रता बनाएका छन् । एमालेका पशुपति दयाल मिश्राले १२५ र राप्रपाका नन्दलाल वैश्यले ७९ मत पाएका छन् ।

घोराही उपमहानगरपालिकामा नेकपा मओवादी केन्द्रका हेमराज शर्माले ३ हजार हजार १३७ मतसहित अग्रता लिएका छन् । एमालेका नुरुलाल चौधरी २ हजार ७६१ मतसहित शर्मालाई पछ्याउँदैछन् । राप्रपाकी सरिता देवकोटाले ६६१ मत पाएका छन् ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा पनि माओवादीका राजन पौडेलले ३ हजार ७०१ मत ल्याएर अग्रता कायम गरेका छन् । दोस्रो स्थानमा रहेकी एमालेकी सरस्वतीदेवी चौधरीले २ हजार२४६ मत पाएकी छिन् । लोकतान्त्रिक समाजवादी पार्टीका सञ्जयकुमार साहले १ हजार २६८ र राप्रपाका माधवप्रसाद त्रिपाठीले ८५ मत पाएका छन् ।

धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमाल अग्रता लिएका छन् । उनले १ हजार ४२८ मतसहित अग्रता लएका हुन् । हमालका प्रतिद्वन्द्वी कांग्रेसका नृपबहादुर वड ८३९ मत पाएका छन् । एमालेका रणबहादुर चन्द १४९ मत पाएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवारकै अग्रगता छ । स्वतन्त्र उम्मेदवार मनोजनकुमार सुडीले ४९० मत पाएका छन् । दोस्रो स्थानमा रहेका एमालेका शिव शंकर साहले १६४ र स्वतन्त्र उम्मेदवार बलराम महतोले १०७ मत पाएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले ८५ मत पाएका छन् ।

बाराको कलैयामा भने नेकपा एमाले अघि छ । एमालेका विनोदप्रसाद साह १ हजार २९५ मतसहित पहिलो स्थानमा छन् । उनीभन्दा पछि रहेका कांग्रेसका राजेश राय यादवले ७१७ मत पाएका छन् ।

हेटौंडा उपमहानगरपालिकामा एकीकृत समाजवादीकी मिना लामा अघि छिन् । तर, एमाले अनन्त पौडेललाई लामालाई कडा टक्कर दिइरहेका छन् । लामाले २ हजार १२८ मत पाउँदा पौडेलले २ हजार १३० मत पाएका छन् । पौडेललाई पछ्याइरहेका राप्रपाका दीपक सिंहले २ हजार १ मत पाएका छन् ।साभार अनलाईन खबर

Back to top button