निर्वाचनमा बढ्यो पेट्रोलियम खपत, दैनिक १० हजार किलोलिटरसम्म बिक्यो डिजेल

निर्वाचनको समयमा पेट्रोलियम पदार्थको प्रयोग ह्वात्तै बढेको छ । नेपाल आयल निगमले दिएको जानकारीअनुसार सामान्य दिनको तुलनामा निर्वाचनको समयमा पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको हो ।

पछिल्लो १० दिन (वैशाख १७–२७) मा २५ हजार ७२१ किलोलिटर पेट्रोल र ५० हजार ८४५ किलोलिटर डिजेल खपत भएको निगमले जानकारी दिएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले पछिल्लो १० दिनको अवधिमा दैनिक १० हजार किलोलिटरसम्म डिजेल बिकेको बताए ।

‘पछिल्लो १० दिनमा पेट्रोलियमको बिक्री ह्वात्तै बढेको छ । दैनिक १० हजार किलोलिटरसम्म डिजेल र ५ हजार किलोलिटरसम्म पेट्रोल बिकेको छ,’ उनले रातोपाटीसँग भने, ‘तर, यही कारण बढी बिकेको भन्ने हामीलाई जानकारी हुँदैन । हामीले पम्पको मागअनुसार दिने हो ।’


Back to top button