एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा २ जना घाइते

काठमाडौं । सिन्धुपाल्चोकमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा २ जना घाइते भएका छन् ।सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ पाचोकस्थित इसुङमा झडप हुँदा एक जना गम्भीर घाइते भएका हुन् । घाइतेहरुको उपचारका लागि नगर अस्पताल मेलम्ची लगिएको छ ।

बुधबार राति स्थानीय खेञ्जो तामाङको घरमा ढुंगा हानेको निहुँमा झडप भएको प्रहरीले जनाएकाे छ । खेञ्जो तामाङको घरमा ढुंगा हानेको विषयमा वादविवाद हुँदा मानदोर्जे तामाङसँग झगडा भएको थियो ।झगडा हुँदा खेञ्जोको टाउको, ढाड र हातमा चोट लागेको छ । त्यस्तै मानदोर्जेको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

Back to top button