आज सुनको भाउ एक हजार रुपैयाँले घट्यो

काठमाण्डाै – सुनको भाउ आज एक हजार रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९७ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९८ हजार रुपैयाँ थियो ।यस्तै आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १२ सय ४५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । साभार उज्यालो अनलाईन

Back to top button