गाेरखामा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, दुई जना घाइते

गाेरखा – गोरखाको आरुघाट गाउँपालिका-१ मान्बुमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् । गएराति चुनाव प्रचारप्रसारबाट फर्किँदै गर्दा स्याम्चेत भन्ने ठाउँमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएकाे हाे ।

झडपमा एमाले कार्यकर्ता गोपाल लामा, विक्रम लामा, विर्खे लामा र राजुबहादुर लामा घाइते भएका हुन् । उनीहरुमध्ये गोपाल लामा र विक्रम लामाको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । उनीहरु दुवैको आँखा र टाउकोमा चोट लागेको छ । झडपमा संलग्नहरु फरार रहेको र उनीहरुकाे खाेजी भइरहेको प्रहरी चौकी मान्बुले जानकारी दिएको छ । साभार उज्यालो अनलाईन

Back to top button