सुनकाे भाउ आज १४ सय रुपैयाँले बढ्यो

काठमाण्डाै – केही दिन लगातार घटेको सुनको भाउ आज भने एक हजार चार सय रुपैयाँले बढेको छ ।हिजो तोलामा ९७ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ आज एक हजार चार सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज एक हजार ३ सय ५ रुपैयाँमा पुगेको छ ।साभार उज्यालो अनलाईन

Back to top button