शेयर बजार ४८ अङ्कले घट्याे

काठमाण्डाै – हप्ताको पहिलो कारोबार दिन आज साेमवार शेयर बजार परिसूचक नेप्से झन्डै ४९ अङ्कले घटेको छ । आज नेप्से ४८ दशमलव ७३ अङ्कले घटेर दुई हजार तीन सय सात दशमलव ४४ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेको छ । बीमा, विकास बैंक, उत्पादन र होटल समूहको शेयर उच्च अङ्कले घटेकाे छ ।

शेयर बजार घटेकाे दिन दुई सय २८ कम्पनीका ३९ लाख ७८ हजार कित्ता शेयर एक अर्ब ४२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको ४७ करोड ३५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

आज नेपाल फाइनान्स लिमिटेडको शेयर १० प्रतिशतले घटेको छ ।   समग्रमा बजार घटे पनि जालपा लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

Back to top button