बागी उम्मेदवारी फिर्ता नभए पार्टीबाट स्वतः निस्कासित हुने कांग्रेसको चेतावनी

काठमाण्डाै – नेपाली  कांग्रेसले पार्टीका बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिए स्वतः निस्कासित हुने चेतावनी दिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले निकाल्नुभएको विज्ञप्तिमा उम्मेदवारी फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थकसमेत पार्टीबाट स्वतः निस्कासित हुने उल्लेख छ ।

पार्टीको आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवारी दिएको भए आज १० बजेदेखि ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन कांग्रेसले आग्रह गरेको छ ।

साभार उज्यालो अनलाईन

Back to top button