देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली

काठमाण्डाै – अहिले देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली  रहेको छ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव समेत रहेकाले पहाडी भूभागमा मौसम आंशिकदेखि सामान्य बद्ली भएको हो । आज सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती र प्रदेश-१ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बद्ली रही केही ठाउँमा हल्का वर्षाको पनि सम्भावना रहेको छ ।

प्रि-मनसुनको समयमा पहाडी क्षेत्रमा चट्याङ्गकाे सम्भावना रहने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यस्तै तराईमा गर्मी बढिरहेकाले गर्मीका कारण हुने समस्याबाट बच्ने उपाय अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । साभार उज्यालो अनलाईन

Back to top button