पाेखरामा दुर्घटनापछि टिपर चालकलाई कुटपिट गर्ने माेटरसाइकल चालक पक्राउ

कास्की – कास्कीमा दुर्घटना भएपछि कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नम्बर ५ फिर्के पुलमा रहेकाे पोखरा बाग्लुङ सडक खण्डमा वैशाख १० गते माेटरसाइकल र टिपर ठाेक्किएर दुर्घटना भएकाे थियाे ।

मोटरसाइकल र टिपर ठोक्किएपछि  मोटरसाइकल चालकले टिपर चालकलाई कुटपिट गरेका हुन् ।प्रहरीले मोटरसाइकल चालक म्याग्दी घर भइ अहिले कास्की पोखरा महानगरपालिका-१९ लामाचौर बस्दै आएका ४३ वर्षीय मिनबहादुर मगरलाई नियन्त्रणमा लिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभयाे ।

उनलाई शान्ति सुव्यवस्था तथा नैतिकता विरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहार मुद्दामा दश दिन म्याद थप गरी अनुसन्धान भइ रहेको उहाँकाे भनाइ छ ।साभार उज्यालो अनलाईन

Back to top button