पोखराको मेयरमा गठबन्धनबाटै दोस्रो बागी

पोखरा । पोखरा महानगरको मेयरमा गठबन्धनबाट दोस्रो बागी उम्मेदवारी परेको छ ।कांग्रेसबाट मेयर दाबी गरेका ऋषि सापकोटाले मनोनयन दर्ता गर्नुभएको हो । उहाँ कांग्रेस कास्कीका पूर्व कोषध्यक्ष हुनुहुन्छ ।सापकोटा नेपाली कांग्रेस कास्कीका २०५४ सालदेखि २०६४ सालसम्म कोषाध्यक्ष हुनुहुन्थ्यो ।गठबन्धनका नाममा कांग्रेसका कार्यकर्तालाई अरू दलको चिह्नमा मत हाल्न बाध्य पारेकाले आफूले उम्मेदवारी दिएको सापकोटाले बताउनुभयो ।साभार ईमेज खबर

Back to top button